क्रान्तिकारी युवा लिग–नेपालले आज बुटवलमा मार्चपास गर्दै - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

क्रान्तिकारी युवा लिग–नेपालले आज बुटवलमा मार्चपास गर्दै



बुटवल । क्रान्तिकारी युवा लिग–नेपाल प्रदेश नं ५ ले आज बुटवलमा युवा जागरण तथा युवा मार्चपास गर्दैछ ।

लिगले दिउंसो बुटवलको पुष्पलाल पार्कबाट मार्चपास सहित युवाहरुको र्यालीले बुटवल बजार परिक्रममा गरि ट्राफिक चोकमा पुगेर सभामा परिणत हुंने जनाएको छ ।

सभालाई नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरण, स्थायी समिति सदस्य परि थापा, पोलिटव्यूरो सदस्य द्धय केबी गुरुङ, प्रेम सुवेदी, युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जन लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको लिगले छ ।

आजै युवा लिगले कपिलवस्तुको चार नम्बरमा आयोजना गरेको प्रदेश ५ को युवा परिक्षणको उद्घाटन महासचिव बैद्यले गर्ने कार्यक्रम तय भएको छ ।