सहमतीमा बाहिरी ब्यानरमा काम गर्दै पूजा ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

सहमतीमा बाहिरी ब्यानरमा काम गर्दै पूजा !



निर्देशक सुदर्शन थापाको क्याम्पमा मात्र रहेको आरोप खेप्दै आएकी पूजाले निर्देशक सुरज सुब्बाको फिल्म साइन गरेकी हुन् । पूजानै केन्द्रविन्दुमा रहनेगरि यो फिल्म निर्माण हूँदैछ ।अभिनेत्री पूजा शर्माले फिल्म ‘रामकहानी’ रिलिजपछि काम गर्ने सहमतीमा एक बाहिरी ब्यानरको फिल्म साइन गरेकी हुन ।

फिल्मको छायांकन अमेरिकामा हुनेछ । सेप्टेम्बर महिनाबाट फिल्मको छायांकन सुरु गर्ने तयारी निर्देशक नाल्बोको छ । फिल्मका लागि अभिनेत्री पूजासँगै माला लिम्बु पनि फाइनल भएकी छिन् । फिल्ममा पूजाको जोडीको रुपमा अभिनेता दयाहाङ राई देखिने संभावना छ । दयासँग मौखिक सहमती मात्र भएको छ । फिल्मले अन्तरजातिय प्रेमको कथालाई उठान गर्ने छ ।

अभिनेत्री पूजा शर्माले कथावस्तु राम्रो भएको खण्डमा सुदर्शनको मात्र फिल्म खेल्नुपर्छ भन्ने नरहेको बताउँदै आएकी थिइन् । कथावस्तु मन परेकाले काम गर्न लागेको पूजाको भनाई छ ।