कविता: बुझ्दैछु बुवा
मौसम भुसालझ्याउँकिरीले लोहोरी सुनाइरहेका बेला जुनकिरीहरु निदाइरहेका बेलामस्तिस्कको कुरुक्षेत्रमादुनिँया आउँदो छवचनका बन्दुकहरु लिएरयो चकमन्न रातमाआज बुझ्दै छु बुवाहजुरलाई निन्द्रा किन लाग्दैनहजुरलाई बल्लबल्ल लागेको निन्द्रामाघुरेको आवाज आउँदायस्तो लाग्थ्योहिरोसिमा र नागासाकी अझैनिदाएको छैनम सोच्थेँहजुरका निधारमासिङ्गै विश्व ज्वालामुखीको लाभा बनेरसल्याङ्बल्याङ गरिरहेको छ-आँखा मुनिका खोपिल्टा मानौँसुनामीले बनाएका हुन्हजारौँ बर्ष अघिबाटमलाई लाग्छहजुर सिङ्गो सभ्यता होएउटा जीवित सभ्यतायहि अनिदो सभ्यताबाट बुझ्दैछु बुवाभुकम्प गएझैँ आमाको चोलीतलब बुझेकै दिनहजुरका ज्यानबाट आउने फरक गन्धती मगर्नी बजैलाई भेट्न पाए भन्ने थिएँ“बजै! मलाई नि ख्वाम्नुस् न औषधिजसले मेरो बुवाको खाली खल्ति पनिहँसाउथ्यो”मैले बुझेको थिइनदिनभर अस्तित्व गुमाएकि बाटैछेउकि चमेलीएक्लै किन बसाउँछे रातभरबिना सारयो आफैले आफैलाई हराउनेसहरकाचोकका अनेक थोक पल्टाउँदैबुझिरहेको छु बुवाबिरौटाको जुधाइमा पराजित ठुटेगोरुको लुते अनुहारघरीघरी त यस्तो झोँक चलेर आउँछसडक छेउछाउकाफोहोरका थुप्राहरुमाआफैलाई पुरिदिउँकोहि मलाई बोरामा उठाएर लैजानेछर म फोहोरलाई बेचिनेछ मोहोरकाभाउमार जीवन सार्थक हुनेछत्यतिबेलै सम्झन्छुती फुस्रा हातहरुले सुम्सुमाएका यी पाउहरुअनि यस्तो लाग्छयी पाउलाई अर्कै ठाउँ चाहिन्छहजुरको भन्दा अलि माथीअलि परम जन्मेदेखी हजुरले कल्पेकाम बुझ्दैछु बुवाजिन्दगिले जिन्दगीलाई हराएपछीजिन्दगी हुँदो रहेनछ
मौसम भुसाल पर्वत हाल: बेङ्ग्लोर