दुव्र्यसनी मुक्त बनाउन विशेष कदम चाल्छु : सांसद पन्थी
दिपा महत / कपिलवस्तु । आधुनिक युग सगैं युवाहरु लागु औषधको दुव्र्यसनिमा फस्दै गएको भन्दै सिंगो ५ नम्बर प्रदेशलाई लागु औषध दुव्र्यसनी मुक्त बनाउन विशेष कदम चाल्ने प्रदेश सांसद बिष्णु पन्थीले बताएका छन् ।
उनले प्रदेशको भौतिक बिकास संगै मानवीय ब्यवहारमा पनि परिवर्तन आउनु आवश्यक भएको स्पष्ट पारे । लायन्स क्लव अफ कपिलवस्तुले हिलवर्ट बोर्डिङ स्कुल पिपरामा आयोजना गरेको लागु औषद दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रमा बोल्दै उनले यस्तो बताए ।
सोहि कार्यक्रममा वाणगगा नगरका उपप्रमुख चक्र अर्यालले लागु औषधको बेफाईदाहरु बारे प्रष्टाउनु पारे । लागु औषध बाट सबैजना टाढा रहनु पर्ने उनकाे भनाई थियाे ।
त्यस्तै नार्कोनन नेपालका अध्यक्ष पूर्व एस . एस . पी बसन्तराज कुवरले कार्यक्रमको प्रस्तुति एवम् सहजीकरण गर्दै लागु औषधको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुने भन्दै यसले व्यक्ति , परिवार, समाज, राष्ट्र र अन्तर्रा्ष्ट्रियरुपमै खतरा पैदा हुने बताए ।
उहाले लागु औषधबाट मानव जिवनमा पर्ने असर बारे उदाहरण सहित प्रस्तुत गर्नुभएको थियो । यसैबिच सोही अवसरमा लागु औषधी दुव्र्यसनी अन्त्य गर्नका लागी समिति निर्माण गरिएको छ ।
कार्यक्रममा सांसद बिष्णु पन्थीले नव बर्ष २०७५ सालको क्यालेण्डर समेत बितरण गरेका थिए ।
कार्यक्रममा समाजका बुद्धिजिवि , समाजसेवि , आमा समुहका प्रतिनिधि , बिभिन्न बिद्यालयका बिद्यार्थी गरी ३०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन लाईन्स क्लवका सचिव कुशल पौडेलले गरेका थिए ।