लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीको दोस्रो साधारण-सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीको दोस्रो साधारण-सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न



ललित जाग्री/ देवकलिया ।
कैलालीको घोडाघोडी नगरपालिका – ५ देवकलियामा रहेको लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीको दोस्रो साधारण-सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिका -५ देवकलिया (शिवशक्ति टोली)को लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीको नजिकै भएको कार्यक्रममा सभापति लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष गणेश बहादुर चन्द, प्रमुख अतिथि घोडाघोडी नगरपालिका वडा नं ५ का वडा सदस्य काले खत्री,
, विशिष्ट अतिथि राष्ट्रिय माध्यमिक विद्यालय देवकलियाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर चौधरी, त्यस्तै अतिथिहरुमा मोहन्याल सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष महेश महतरा, हरियाली सामुदायिक वन उपभोक्ता समितीका कोषाध्यक्ष आशा देवि चौधरी, समाजसेवी टेक बहादुर बुढा, तुलसी देवि बोहरा, बिरेन्द्र शाह लगायतका रहेका थिए ।

कार्यक्रममा लालीगुराँस सामुदायिक वन उपभोक्ता समितीका सह-सचिव रेनुका बोहराले आर्थिक बर्ष २०७३/०७४ को रु ९९,०८८ को आयब्याय प्रस्तुत गर्नु भएको थियो । त्यस्तै सोही कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर चौधरी, समाजसेवी टेक बहादुर बुढा, घोडाघोडी नगरपालिका वडा नं ५ का वडा सदस्य काले खत्री लगायतकाले वन बाताबरण र सामुदायिक वनको महत्व बारे मन्तब्य राख्नु भएको थियो ।

सामुदायिक वन उपभोक्ता समितीका सदस्य रमिता रोकायाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन समितीका कोषाध्यक्ष सिद्ध राज भट्टले गर्नु भएको थियो !