गौरिगङ्गा गोल्ड कप : सुदुर पश्चिम् लाई हराउदै साहारा सेमिफाइनलमा प्रवेश - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

गौरिगङ्गा गोल्ड कप : सुदुर पश्चिम् लाई हराउदै साहारा सेमिफाइनलमा प्रवेश



हिमाल पोस्ट
सुखड ,कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकामा यहि चैत्र २६ गतेदेखि सुरुभएको प्रदेश नं ७ स्तरिय क्लब च्याम्पियन सीप नकाउट फुटबल प्रतियोगिताको शनिबार  भएको क्वाटर फार्ईनलको अन्तीम खेलमा साहारा युवा क्लब पहलमानपुरले सुदुर पश्चिम ११ (ए) लाई पेनाल्टी सुट मा पराजित गर्दै साहारा क्लब  बिजयी भएको छ । जितसगै साहारा युबा क्लव सेमिफाईनलमा प्रबेश गरेको छ ।

निर्धारित  समय सम्ममा समान १-१ गोलको बराबरी भएको हुँदा अतिरीक्त ३ मीनेटको समय थप गरिए पनि  गोल हुन नसके पछि पेनाल्टीक सुटमा ४–३ को अन्तरले साहारा विजयी भएको हो  ।

३ जना अफ्रिकन खेलाडी लिएर प्रतियोगिताको मैदानमा उत्रिएको  साहारा र सुप ११ (ए) बिचको खेल हेर्न दर्शकहरुको भिड लागेको थियो । खेलका म्यान अफ द म्याच साहारा युबा क्लबका गोलरक्षक पुस्कर खड्का भएका थिए ।

साहाराको ३ गते जानकी गाउँपलिकासँग प्रतिस्पर्धा  हुने छ । सेमी फाईनलको खेल अन्तरगत आइतबार  सुदुर पश्चिम ११ (वि) र ससस्त्र प्रहरी बल (ए.पी.एफ.) बिच प्रतिस्प्रधा हुने छ । सेमी फाईनलका बिजेताले ४ गते फाईनल खेल्ने छ्न ।

” हाम्रो गोल लागू औषधि विरुद्धको गोल” भन्ने नारा सहित गौरिगङ्गा ११ स्पोर्ट्स क्लब गौरिगङगा नगरपालिकाको आयोजनामा गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला वडैपुरमा चलिरहेको  प्रतियोगिता  विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफी पाउने छन । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक  गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।