देवदहमा जेसीज गला नाइट हुने - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

देवदहमा जेसीज गला नाइट हुने



कमला अर्याल

देवदह ,रुपन्देही । नया बर्ष २०७५ सालको स्वागत गर्दै रुपन्देहीको देवदहमा जेसीज गला नाइट हुने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा मनाउदै आइएको गला नाइट देवदह जेसीजको आयोजनामा नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको हो ।

देवदह जेसीसले पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो । देवदह जेसीजका अध्यक्ष जेसी विष्णु न्यौपानेले गला नाइट कार्यक्रम सम्पन्न गर्न ९ लाख खर्च लाग्ने जानकारी दिए ।

कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक संकलन गर्न टिकट वितरण गरिएको भन्दै जोडीको लागि १८ सय र एकलका लागि १ हजार टिकट शुल्क राखिएको न्यौपानेले बताए ।

एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्दै पारिवारीक वातावरणमा रमाउदै नया बर्ष मनाउने लक्ष्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।

कार्यक्रममा स्थानिय एवम राष्ट्रिय कलाकारको प्रस्तुती रहने न्यौपानले जानकारी दिए । कार्यक्रममा ४ सय देखि ४ सय ५० जनालाई उपस्थित गराउने आपूहरुको लक्ष्य रहेको कार्यक्रम संयोजक जेसी केशव अधिकरीले जानकारी दिए ।

कार्यक्रममा संकलन भएको रकमबाट खर्च कटाएर बाकी रहेको रकमले भवानीपुरमा जेसीज पार्क निर्माण गरिने अधिकारीले बताए । कार्यक्रममा खाना र पिउने व्यवस्था गरिएको उनले बताए । जेसीज देवदहका अध्यक्ष सल्लाहकार जेसी सुरेन्द्र अधिकारीले देवदह वुद्धको मावली स्थान भएपनि ओझेमा परेको र बुटवलको पूर्वमा पर्छ भनेर चिनाउनु पर्ने वाध्यता रहेको भन्दै अब देवदहलाई देवदहकै नामबाट चिनाउन आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले देवदहलाई चिनाउन मद्धत पुग्ने अधिकारीले बताए । देवदहमा हुन लागेको फरक खालको कार्यक्रममा ओम दर्शन पार्टी प्यालेसको पूर्ण साथ र सहयोग रहने ओम दर्शन पार्टी प्यालेसका खुमबहादुर ठकूरीले बताए ।

देवदह जेसी अध्यक्ष जेसी विष्णु न्यौपानेको अध्यक्षता, महासचिव एवम कार्यक्रम संयोजक जेसी केशव अधिकारीको सञ्चालनमा सम्पन्न भएको पत्रकार सम्मेलनमा जेसी यम थापाले आस्था पाठ गरेका थिए ।