बुटवल महिला जेसिजको सम्मान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

बुटवल महिला जेसिजको सम्मान कार्यक्रम सम्पन्न



बुटवल । बुटवल महिला जेसिजको आयोजनामा पूर्व अध्यक्ष सम्मान, नयां वर्ष २०७५ को शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश न ५ का प्रदेश सभासद विमला पन्थीले महिला हरुलाई पनि नेतृत्व तर्फ उन्मुख गर्ने जेसिजको अवधारणाको प्रशंसा गर्दै महिला जेसिजको हरेक काममा आफ्नो सहयोग रहने प्रतिबद्धता रहने बताईन् ।

उनले समाज रुपान्तरण र सम्वृद्ध समाज निर्माणमा महिला जेसिजको भूमिका महत्वपूर्ण रहेको भन्दै निती निर्माणमा महिलाका कुरा समेट्न यस्ता संघसंस्थाको सल्लाह सुझाव आवश्यक रहेको बताईन् ।
साथै नयां वर्षले महिला जेसिजमा आबद्ध पदाधिकारी तथा सदस्यहरुमा अझ दृढ रुपले समाजको अगुवाई गर्न सकोस भन्दै शुभकामना ब्यक्त गरिन् ।

कार्यक्रममा महिला जेसिजको स्थापना देखिका अध्यक्ष हरुलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा बुटवल महिला जेसिजका संस्थापक तथा पूर्व अध्यक्ष रेखा कट्टेल र्शमा, कल्पना जोशी,उर्मिला श्रेष्ठ, मिना पौडेल, ओमी पुन, राजुदेवी खनाल, सिनेटर मन्जु पराजुली, ज्ञानधारा पन्थ लगायत रहेका थिए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै बुटवल महिला जेसिज वर्ष १८ का अध्यक्ष राधिका पोख्रेलले महिला जेसिजले गर्ने हरेक कार्यमा पूर्व अध्यक्षहरुले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नेतृत्व विकासको अवधारणामा लम्किने महिला जेसिज सामाजिक कार्यमा पनि अघि सरिरहेको बताईन् ।

बुटवल महिला जेसिजका महासचिव लक्ष्मी थापाको संचालनमा सम्पन्न कार्यक्रममा कानूनी सल्लाहकार तथा पूर्व अध्यक्ष सम्मान कार्यक्रमका संयोजक उषा खत्रीले स्वागत गरेका थिए भने वनभोज कार्यक्रमका संयोजक गिता ज्ञवालीले धन्यवाद ज्ञापन गरेका थिए ।