घोडाघोडी फुटबल क्लबलाई सहयोग - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

घोडाघोडी फुटबल क्लबलाई सहयोग



विशाल पाण्डेय 

सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको घोडाघोडी फुटबल क्लब लाई शुक्रबार खेलकुद सामाग्री सहयोग गरिएको छ ।

यहि चैत २६ गते देखि गौरिगङ्गा नगरपालिकामा संचालन हुन लागेको गौरिगङ्गा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी हुनको लागि प्राक्टिस गर्ने उदेश्य तथा खेलाडीहरुको हौसला बढाउनको लागि आफुहरुले  सहयोग गरेको सहयोगीहरुले बताउनु भयो ।

सहयोगका लागि कालिका सुनचाँदी पसलका संचालक राजेश सुनारले करिब १६ हजार बराबरको १६ थान जर्सी उपलब्ध गराउनु भएको क्लबका अध्यक्ष रबि गिरिले हिमाल पोस्टलाइ जानकारी दिनुभयो ।

त्यस्तै घोडाघोडि क्लबका खेलाडी प्रोजेश दामले २ थान फुटबल , कोण , भर्‍याङ लगाएतका करिब ५ हजार बराबरको सहयोग गर्नुभएको छ भने ढकाल किराना पसलका संचालक दिवाकर ढकाल र पुस्तक ब्यवसायि संचालक बिजय शाहिले १/१ थान फुटबल सहयोग गर्नुभएको छ ।

नब प्रतिभा खेलाडीहरुलाइ प्रोत्साहन होस भन्ने हेतु ले आफुहरुले सानो सहयोग गरेको सहयोगी दिवाकर ढकालले बताउनु भयो । ” यहाँको खेलकुद बिकासका लागि सानो सहयोग गरेका छौ ” , यस क्षेत्रमा फुटबल सङ्गै  क्रीकेट लगाएतका  अन्य खेलहरुलाइ पनि अगाडि लैजानु पर्ने र खेलकुदको बिकासका लागि सबै मिलि लाग्नु पर्ने ढकालले बताउनु भयो ” ।

त्यस्तै घोडाघोडी क्लबका अध्यक्ष रबि गिरिले सहयोगी हातहरु सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।