प्रेम जोशीको देउडा म्युजिक भिडियो “जान्छु म भारत” (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

प्रेम जोशीको देउडा म्युजिक भिडियो “जान्छु म भारत” (भिडियो सहित)



निर्मला जोशी
धनगढी, कैलाली । देउडा म्युजिक भिडियो “जान्छु म भारत” यू ट्यूबमा सार्बजनिक भएको छ ।

सुदूरपश्चिमबाट उदाउदा कलाकारद्वय .बिरही प्रेम जोशी र पुष्पा बडैलाको अभिनयमा सो गीतको भिडियो यू ट्यूबमा सार्बजनिक भएको हो ।

सुदूरपश्चिमको बिभिन्न स्थानीयहरुलाई छनौट गरी छायाङ्कन गरिएको उक्त देउडा म्यूजिक भिडियोमा भारतीय रोजगारीमा जानै पर्ने बाध्यता र बिछोडका प्रेमिल प्रसङ्गहरुलाई जिवन्त चित्रण गरिएको छ ।

दिपेश ठगुन्नाको निर्देशनमा निर्मित म्युजिक भिडियोमा लोक खड्का र गौरी भट्टको स्वर, लोक खड्काकै लय, शब्द र दिपेश ठगुन्नाको छायाङ्कन रहेको छ ।

म्युजिक भिडियोका नवोदित कलाकार बिरही प्रेम जोशीले – “थारु, डोटेली लगायत स्थानीय भाषाको चलचित्र र म्यूजिक भिडियो सुदूरपश्चिम क्षेत्रमा बन्नाले एकातिर भेषभुषा, भाषा, संस्कृति र कलाको संरक्षण हुँदै गईरहेको छ भने यसले विदेशी चलचित्रहरुलाई समेत निरुत्साहित गरिरहेकोे” बताउनुभयो ।

“सुदूरको हिरो” लगायतमा अभिनय गरसकेका कलाकार जोशीले गीत मार्फत सुदूरको संस्कृति र भेषभूषालाई जगेर्ना गर्ने अभियानमा आफु लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

“सालैजो”, “तीज गीत”, “मायाले बोलेको बोली मीठो” लगायतमा अभिनय गरिसक्नु भएको अर्का उदयमान कलाकार पुष्पा बडैलाले हाल कलिउडमा कतिपय चर्चित सिनेकर्मीहरु र नाम चलेका टेक्निसियनहरु सुदूरपश्चिमबाट केन्द्रमा तहलका मच्चाईरहेको सन्दर्भमा पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा चलचित्र तथा म्यूजिक भिडियो उल्लेख्य रुपमा निर्माण हुने लहर छाएको बताउँनु भयो ।

होङ्कु सिनेमाको ब्यानरमा निर्माण भएको सो देउडा म्यूजिक भिडियोले राम्रौ चर्चा बटुल्नेमा कलाकार जोशी र बडैला आशावादी हुनुहुन्छ ।

भिडियोको हेर्नुहोस :

https://youtu.be/llKNQ4sm1sw