सुदुरपश्चिम ११ का प्रशिक्षक तथा खेलाडिहरुलाई सुखडमा स्वागत तथा सम्मान - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

सुदुरपश्चिम ११ का प्रशिक्षक तथा खेलाडिहरुलाई सुखडमा स्वागत तथा सम्मान



विशाल पाण्डेय
सुखड,कैलाली । कैलालीको मध्यवर्ती क्षेत्रमा अवस्थित घोडाघोडी नगरपालिका -१ सुखडमा सुदुरपश्चिम ११ स्पोर्टस क्लवका प्रशिक्षक तथा खेलाडिहरुलाइ भब्य रुपमा स्वागत तथा सम्मान गरिएको छ ।

घोडाघोडी क्लबको आयोजनामा भएको सम्मान कार्यक्रममा घोडाघोडी क्लबका खेलाडीहरु ,स्थानिय वासिन्दा ,ब्यापारी ,बुद्धिजीवी लगाएतले
दोस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको बिजेता सुदूरपश्चिम–११ का प्रशिक्षक तथा खेलाडीहरुलाई अबिर लगाइ माला र खादा ओढाएर स्वागत तथा सम्मान गरिएको हो ।

सर्लाहीमा भएको दोस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेल पूरा नहुदै आयोजक बाग्मती युवा क्लबले सुदुरपश्चिम ११ लाई बिजेता घोषणा गरेको थियो । शनिबार आर्मी र सुदुरपश्चिम ११ को बिचमा फाइनल खेल भैरहदा दोस्रो हाफमा कुटाकुट भएपछि आयोजकले सुदुरपश्चिम ११ लाई आइतबार बिजेता घोषणा गरेको हो ।

सुदूरपश्चिमले नगद ५ लाख तथा ४ लाख रुपैंया बराबरको लागतमा बनाईएको कलात्मक राजर्षि जनक कपको टर्फी पाएको छ भने उपबिजेताले पाउनु पर्ने ३ लाख पुरस्कार आर्मिका खेलाडीहरु उपस्थित नहुँदा आयोजकले नै राखेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा सुदुर पश्चिम् ११ का माधब भण्डारीले मोटरसाइकल पुरस्कार पाएका छ्न । त्यस्तै प्रतियोगिताको उत्कृष्ट स्ट्राईकर, गोलकिपर र प्रशिक्षकको रुपमा सुदूरपश्चिमका क्रमशः विनोद केसी, दिलमनी चौधरी र सुरेश हमाललाई घोषित गर्दै १५ हजार रुपैंयाको दरले प्रदान गरिएको थियो । साथै उत्कृष्ट डिफेन्डर र मिडफिल्डरको रुपमा घोषित सर्लाही–११ का गौरव श्रेष्ठ र याङ दोर्जे लामाले समेत १५–१५ हजार रुपैंया हात पारे।

चैत ८ गतेदेखि सूरु भएको प्रतियोगितामा विदेशी टिम भूटानको ड्रूक स्टार र भारतको स्काई क्रेस्ट ब्वाईज मुम्बई क्लब एवं मुलुकका नेपाल आर्मी क्लब ,सुदुरपश्चिम ११, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरस्वती युवा क्लब, जावलाखेल क्लब, ब्वाईज युनियन र सर्लाही–११ गरि १० टिमको सहभागिता रहेको थियो।