जीरो फिगर वालिलाई कसले हान्यो 'गोली' (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

जीरो फिगर वालिलाई कसले हान्यो ‘गोली’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

अर्घाखाँचीमा जन्मिएर पछिल्लो समयमा नेपाली गीत सङ्गीतमा क्रियाशील कुशल गायिका शर्मिला रायमाझिको नयाँ लोक दोहोरी गीत “गोली” हालै मात्र सार्वजनिक सँगै चर्चा बटुल्ने क्रममा छ उनको यो भन्दा पहिलाको गीत “ जिरो फिगर वालि ” बाट पनि राम्रै सफलता मिलेको थियो ।

शर्मिला रायमाझी अनि राजु आर डीको स्वर अनि शब्द सङ्गीत शर्मिला रायमाझीको रहेको गीतको भिडियो पनि निकै दमदार बनेको छ ।

सहारा फिल्मस एण्ड इन्टरटेन्मेटको ब्यानरमा निर्माण भएको भिडियोलाई सिबन पोख्रेलको निर्देशन अनि मुकेश हुमागाइको छायाङ्कनमा अधिनायक मान सेरचनले सम्पादन गरेका छन् ।

चर्चित मोडेल शङ्कर बिसी अनि एलिना रायमाझीको दमदार अभिनय रहेको गीतलाई गोर्खा चौतारी म्युजिक प्रा.लीले बजारमा लिएको हो ।