भोलिदेखी धनगढीमा सुरु हुने डीपीएलको तयारी पूरा    - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

भोलिदेखी धनगढीमा सुरु हुने डीपीएलको तयारी पूरा   



धनगढी , कैलाली । धनगढीमा शनिबारबाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तयारी पूरा भएको आयोजकले जनाएका छन्।

बिहीबार धनगढीमा  पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी क्रिकेट एकेडेमीले मैदान व्यवस्थापन, अतिथि सत्कार, खेलाडी आगमन तथा अन्य सम्पूर्ण प्राविधिक कार्य पूरा भएकाे जानकारी दिएकाे हाे। ‘आयोजकका तर्फबाट हामीले प्रतियोगितालाई अविष्मरणीय बनाउन कुनै कसुर बाँकी राखेका छैनौं,’ एकेडेमीका अध्यक्ष सुवाश शाहीले भने, ‘यसपटक डीपीएलमा दर्शकहरुले नयाँ टेस्ट पाउनेछन्।’ याे पटक डिपीएलले आइसीसी मान्यता पाएकाे छ।  त्यो सँगै प्रत्येक टिमले दुई जना विदेशी खेलाडीहरु टोलीसँग अनुबन्ध गरेका छन्।

महेन्द्रनगर युनाईटेडले इण्डियन प्रिमियर लिग (आइपीएल) टोली दिल्ली डेयरडेभिल्सबाट खेलिसकेका पुनित विष्ट र अर्का रणजी प्लेयर पुनित मेहरालाई टोलीसँग अनुबन्ध गरेको छ। यस्तै रुपेन्देही च्यालेन्जर्सले ओमानको राष्ट्रिय टोली सदस्य सुफ्यान मोहम्मद र भारतका दीपक प्रसादलाई ल्याएको छ। सिवाइसी अत्तरियामा भारतका गौरब चितकार र विपिन चन्द छन्।

काठमाडौैं गोल्डन्सले पनि भारतकै रण जी प्लेयर जयकसिन कोल्सावाला र शनि पटेललाई भित्र्याएको छ। बाँकी टोलीहरुले शुक्रबारभित्र विदेशी खेलाडी सार्वजनिक गरिसक्ने बताएका छन्। आकर्षक पुरस्कार डीपीएल देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो।

शनिबारबाट सुरु हुने प्रतियोगितामा टोलीहरु २५ लाखसहित उपाधि हात पार्न प्रतिस्पर्धा गर्नेछन्। यस्तै उपविजेताले १० लाख तथा तेस्रो हुने टोलीले ३ लाख र दोस्रो हुने टोलीले दुई लाख हात पार्दैछन्।

यस्तै प्रतियोगिताको म्यान अफ द सीरिजले मोटरसाइकल र मोस्ट भ्यालुएवल प्लेयरले सुनको जुत्ता पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार नगद पाउनेछन्। प्रतियोगिताको उद्घाटन समारोहमा समान १ लाख नगद सम्मान सहित दुई जनालाई अर्जुन खड्का स्मृति सम्मान र धनगढी क्रिकेट सम्मान दिइने भएको छ।

मैदानमा प्याराफिट र एलइडी दर्शकहरुको सुविधाका लागि आयोजकले मैदानमा ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरेको छ। मैदानमा यसपटकबाट एलइडी टेलिभिजनको व्यवस्था गरिने शाहीले बताए। त्यसमा लाइभ खेल र रिप्ले हेर्न पाइनेछ।

यस्तै प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित गायक तथा डीपीएलका गुडविल एम्बास्डर प्रमोद खरेलको प्रस्तुती रहनेछ। एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछिको पहिलो टुर्नामेन्ट कप्तान पारस खड्काले बिहीबार आयोजना भएको पत्रकार सम्मेलनमा नेपाली खेलाडीहरु एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि पहिलो टुर्नामेन्टका रुपमा डीपीएल खेलिरहेकाले प्रतियोगिता विशेष हुने बताए। पारसले भने, ‘एक दिवसीय मान्यता पाएको उत्साहले खेलाडीहरुको आत्मविश्वास बढाएको छ। हामी आफ्नो तर्फबाट राम्रो क्रिकेट खेल्दै दर्शकहरुलाई बढी भन्दा बढी मनोरञ्जन दिन चुक्ने छैनौ।

फ्रेन्चाइजी टुर्नामेन्ट फ्रेन्चाइजी टुर्नामेन्ट हुनु डीपीएलको मुख्य विशेषता हो। फ्रेन्चाइजी अवधारणाले डीपीएललाई देशको पहिलो व्यवसायिक प्रतियोगिता बनाएको हो। डीपीएलका फ्रेन्चाइजका रुपमा देशका विभिन्न ६ शहर (टोली) रहेका छन्। ६ वटै फ्रेन्चाइजीले अक्सनबाट खेलाडीहरु आफ्नो टोलीसँग अनुबन्ध गरेका छन्। प्रत्येक टोलीमा देशभरिका सम्पूर्ण उत्कृष्ट खेलाडीहरु समेटिएका छन्। शनिबार देखि संघिय प्रहरी कार्यालयको मैदानमा ती खेलाडीबीचको घमासान हेर्न पाइने भएको छ।