एम्समा वादविवाद सम्पन्न
बुटवल । एम्स कलेज बुटवलको आयोजनामा कलेजको अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत अन्तरकक्षा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
कलेजमा अध्ययनरत बिबिएस प्रथम, द्धितीय र तृतीय वर्षका विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगी विद्यार्थीहरुले जागिरे हुनुभन्दा उद्यमी हुनु वेश विषयक शिर्षकमा र्तक विर्तक प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा बिबिएस तेस्रो वर्षमा अध्ययनरत छात्र सृजन मल्ल प्रथम, दोस्रो वर्षका छात्रा सलिना थापा द्धितीय, तृतीय वर्षका छात्रा समिक्षा पोख्रेल तृतीय र तृतीय वर्षकै जागृती भट्टराईले सान्त्वना स्थान प्राप्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिम हमालले नेपालको आर्थिक विकासको पाटो उद्योग धन्दा स्थापना र स्वराजगारको विषयमा सबै निकायको ध्यान जान जरुरी रहेको उल्लेख गर्दै भविष्यमा व्यवसायमा अग्रसर बन्न चाहने विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित प्रतियोगिताको प्रशंसा गर्दै छिटै नै आफ्नो संस्थाले विद्यार्थीहरुकै लागि व्यवसाय सम्बन्धि तालिम संचालन गर्ने र युवा पुस्तालाई स्वदेशमै लगानी गरी सफल बन्न प्रेरणा प्रदान गर्ने कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एम्स एजुकेशन फाउण्डेशनका अध्यक्ष धनेश्वर गौतमले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि कलेजले गर्ने हरेक क्रियाकलाप सन्देशमुलक भएकाले विद्यार्थीको माध्यमबाट धेरैले स्वदेशमै व्यवसाय गरी जिवीकोपार्जन गर्न सक्ने सन्देश प्रवाह गरेकामा खुशि व्यक्त गरे ।
कार्यक्रममा फाउण्डेशनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने, संचालक गोपाल पाण्डे, महेन्द्र पाण्डे लगायतले भनाई राख्नुभएको थियो । एम्स प्लस टु का कोअर्डिनेटर विनोद शाक्यको स्वागत रहेको कार्यक्रमकोे संचालन कलेजका सह प्राचार्य विकास श्रेष्ठले गरेका थिए।
प्रतियोगिताको निर्णायकमा प्राध्यापक सुरेन्द्रराज ज्ञवाली र वादविवाद प्रतियोगिता संयोजक गोविन्द शर्मा वस्याल रहनुभएको थियो । प्रतियोगितामा विभिन्न स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई मायाको चिनो र प्रशंसापत्रले सम्मान गरिएको थियो ।