नगरसभा सदस्यद्वारा नै बैठक बहिस्कार - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

नगरसभा सदस्यद्वारा नै बैठक बहिस्कार



रामपुर (पाल्पा) । रामपुर नगरपालिकामा वडा अध्यक्षहरूले दोस्रो नगरसभा बहिस्कार गरेका छन् ।नेकपा एमाले, माओवादी, राष्ट्रिय जनमोर्चाका नगर सभा सदस्यहरूले बजेट सिलिङ्ग नगर सभा अघि आफूहरूलाई उपलब्ध नगराएको भन्दै नगरसभा बहिस्कार गरेको बताएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, नियम र बजेट एवं कार्यक्रम प्रक्रियालाई मिचेर नगरसभा गरिएको भन्दै नगर सभा सदस्यमा रहेका केही सदस्यहरूले हस्ताक्षरित विज्ञप्ति निकालेर बहिस्कार गरेको जनाएका छन् ।

सभा हुुनुुभन्दा अघि के कस्तो विधेयक प्रस्तुुत गर्ने, कति रकम रकमान्तर गर्नै कुन–कुन ठाउँमा कति बजेटको कार्यक्रम योजना बारेको प्रस्ताव नगर कार्यपालिका बैठकमा लैजाने, त्यहाँ छलफल गर्नुपर्ने सभामा पेश गर्ने नियम रहँदा रहँदै पहिले जानकारी नदिई छलफल नगराई एकैचोटी नगर सभामा पेश गरेको भन्दै बहिस्कार गरेको जनाएका छन् ।

बहिस्कार जानकारी पत्रमा ३ जनाको हस्ताक्षर भए पनि सो हस्ताक्षर कसको हो भन्ने खुलाइएको छैन । रामपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिनेशकुमार खनालले आफूहरूलाई बजेट सिलिङ्ग उपलब्ध नगारएको तथा जथाभावी बजेट बिनियोजिन भएकाले नगरसभा बहिस्कार गरेको बताएका छन् ।

चैत ८ लाई भनिएको सभा १२ गते दिउँसो १ बजेका लागि सारिएको थियो । बैठक अपरान्हपछि मात्र शुरु भएको थियो । ‘हामीलाई बजेट सिलिङ्ग पनि दिइएन त्यसैले बहिस्कार ग¥यौँ’, खनालले भने । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले भने नगरको दोस्रो सभाबाट ९ वटा बिधेयक बहुुमतले पारित भएको बताए । ‘सबै सदस्यले छलफलमा भाग लिनुुभएको हो सुुझाव दिनुु भएको हो, समापनमा बाहिर निस्केर बहिस्कार गर्नुुभएको छ’– थापाले भने ।

नगरसभाका एजेण्डाहरू बहुुमतले पारित भएका छन् । दोस्रो नगरसभामा १२ बिधेयकमाथि छलफल भएको थियो ।यसैबीच दोस्रो नगर सभाले ७ करोड ६२ लाख ५० हजार रूपैयाँ रकम रकमान्तर गरेको छ । ६ करोड ६५ लाख पुजिगत र ९७ लाख ५० हजार चालुुतर्फ रकम बिनियोजन गरिएको थापाले बताए ।

सभामा नगर प्रमुख रमण बहादुर थापाले संकल्प प्रस्ताब सहित रकम रकमान्तर सार्वजनिक, नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले सम्पादित प्रस्ताव, नगरका मुख्य सचेतक तिर्थप्रसाद पंगेनीले संशोधनसहितको प्रस्ताव र प्रवक्ता हुमनाथ न्यौपानेले अनुमोदन सहित प्रस्ताव पेश गरेका थिए ।

सभाका वडा नम्बर १ का अध्यक्ष मित्रलाल कंडेल र १० नम्बर वडा अध्यक्ष लिला बहादुर गाहाले शुभकामना दिएका थिए । कार्यपालिकाको बैठकमा आएका छलफलका विषयमा केही योजनामा संशोधन गरिएको र बैठकमा सबै सहभागी भएको नगरपालिकाका योजना विज्ञ कपिल खाँणले बताए । ‘सबै वडा अध्यक्षहरूले भाग लिएका छन्, बहुुमतले पारित भएको कुरालाई बहिस्कार भन्नुु मिल्दैन’, नगर प्रमुख थापाले भने । वडा अध्यक्ष दिनेश कुमार खनालले बैठकका विषयमा चित्त नबुुझेर बिना हस्ताक्षर आफूहरू बाहिर निस्किएको बताएका छन् ।