मदन भण्डारी अन्तर्राष्टिय गोल्डकपमा आज क्लव थ्रि स्टार क्लव र विदेशी टिम हिमालय मलेसिया भिड्दै - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

मदन भण्डारी अन्तर्राष्टिय गोल्डकपमा आज क्लव थ्रि स्टार क्लव र विदेशी टिम हिमालय मलेसिया भिड्दै



बुटवल ।  मदन भण्डारी अन्तर्राष्टिय गोल्डकपमा आज क्लव थ्रि स्टार क्लव र विदेशी टिम हिमालय मलेसिया भिड्ने भएका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको प्रतियोगितामा विभागिय टिम एपिएफलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै सुनौलो संगम अन्तिम चारमा पुगेको छ।

निर्धारित सयमको खेल २–२ को बराबरीमा सकिएको थियो । थप गरिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाईबेकरमा धकेलिएको थियो ।त्यस अघि पहिलो हाफमा एफएफीले अग्रता बनाएको थियो । खेलको ४३ औं मिनेटमा युवराज खड्काले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको सुनौलो संगम दोस्रो हाफमा भने केही सुधारिएको खेल खेलेको थियो ।

खेलको ५४ औं मिनेटमा सुनौलो संगमका अमृत गुरुङले गोल गर्दै टिमलाई १–१ को स्थितीमा पुराएका थिए । बराबरी भएपछि निकै प्रतिस्पर्धात्मक खेलमा एफपिएफका लागि खेलको ६७ औं मिनेटमा पुनः युवराज खड्काले गोल गर्दै टिमलाई २–१ को स्थितीमा पुराए । तर त्यसको ७ मिनेटमै सुनौलो संगमका आशिस गुरुङले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २–२ को स्थितीमा पुराए ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेटको समय थप गरिएको थियो । सो समयमा थप गोल नभएपछि खेल टाईबेकरमा गएको थियो ।

प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन ।
प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन । त्यसैगरी सर्वोउत्कृष्ट खेलाडिल मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडिले नगद २१-२१ हजार प्राप्त गर्ने आयोजकको भनाई छ ।
१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।