राज सागरको स्वर र सङ्गीतमा गीतकार अमर बान्तुको 'फक्रदैं' रहरहरू' सार्वजनिक (भिडियो) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

राज सागरको स्वर र सङ्गीतमा गीतकार अमर बान्तुको ‘फक्रदैं’ रहरहरू’ सार्वजनिक (भिडियो)



काठमाडौं: कवि तथा गीतकार अमर बान्तुको शनिवार बिमोचित गीति एल्बम ‘अमर भावना’ भित्र समावेश गीत फर्कदैं रहरहरूको भिडियो सार्वजनिक भएको छ । १२ वटा गीतहरू समाविष्ट एल्बम ‘अमर भावना’को यो गीत भ्वाईस अफ नेपाल मार्फत सार्वजनिक भएको हो ।

बान्तुका ४४ वटा गीतहरू र १२ वटा कविता संग्रहित पुस्तक परिभाषाका राँटाहरु र १२ वटा गीतहरू संग्रहित एल्बम अमर भावना एकैसाथ सार्वजनिक गरेका बान्तुको पहिलो सार्वजनिक भिडियो फर्कदैं रहरहरको भिडियोमा भद्रगोल टेलिसिरियलकी चर्चित कलाकार रक्षा श्रेष्ठ र जीवन भट्टाईको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माको छायाङ्कन र पासाङ योञ्जनको निर्देशनमा तयार भएको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन् ।

अमर बान्तुको एल्बम ‘अमर भावना’मा फुल जस्तै, जिन्दगीका दौडमा, फक्रदै रहरहरू, युगौं भयो, जन्मने रहर, हिँड्नु पर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आई लगायतका १२ वटा गीतहरू रहेका छन् जसमा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सङ्गीतमा उदय सोताङ, अन्जु पन्त, एड्रिन प्रधान, राजेश पायल राई, स्वरुपराज आचार्य, राज सागर, लगायतको आवाज रहेको छ ।

अग्रज तथा युवा पुस्ताका चर्चित संगीतकर्मीको बाक्लो उपस्थिति रहेको एल्बम बिमोचन समारोहमा प्रमुख अतिथि गणेश रसिक, विशिष्ट अतिथिका रूपमा डा। भोला रिजाल, काली प्रसाद रिजाल, पूर्व मन्त्री तथा गीतकार एस पी कोइराला, श्रवण मुकारुङ, सत्य स्वरूप आचार्य लगायतले एल्बम र पुस्तक दुवै राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

३ चरणमा बिभाजीत कार्यक्रमको पहिलो चरणमा चियापान कार्यक्रम राखिएको थियो भने दोस्रो चरणमा औपचारिक कार्यक्रम र अन्तिम चरणमा कक्टेल डिनर पार्टी राखिएको थियो ।

https://youtu.be/BZf6X3A5a-E