प्रबिधिक शिक्षाले बेरोजगारी हठाउँछ : मन्त्री बराल - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रबिधिक शिक्षाले बेरोजगारी हठाउँछ : मन्त्री बराल



बुटवल । सामाजिक विकास मन्त्रि सुदर्शन बरालले प्राविधिक शिक्षाले वेरोजगरी समस्या समाधान गर्न सक्ने बताउदै ग्रामिण क्षेत्रका प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताएका छन ।

निति तथा कार्यक्रममा ‘एक गाउ एक प्राविधिक शिक्षालय’ समेटेर गाउं गाउंमा प्राविधिक शिक्षा पु¥याउने उनको भनाई थियो ।

आईतबार गुल्मीको कालिगण्डकी गाउपालिका पुर्तिघाट ओकेंङ –मल्लेंङ –गब्दे मोटरबाटो उदघाटन गर्दे मन्त्रि बरालले प्रदेश सरकार जनताको पहुचमा पु¥याउने काम गर्न लागेको बताए ।

मन्त्रि बरालले आइृतवार नै गुल्मी कालिगण्डकी गाउपालिकामा आयोजित औपचारिक अनौपचारिक कार्यक्रममा सहभागी भए ।

उनि नव किरण युवा क्लबले आयोजना गरेको चैते दशै कार्यक्रमको पनि उद्घाटन गरे । सो अवसरमा उनले संस्कृती संरक्षणमा युवाहरुको प्रयास प्रसंसनिय भएको बताए ।

त्यसैगरी कालि गण्डकी गाउपालिकाको विकासको सन्दर्भमा गाउपालिकामा भएको अन्तरक्रियामा पनि भाग लिएका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए ।