मदन भण्डारी गोल्डकप फुटवल : आज आयाेजक र नेपाल आर्मी भिड्दै
बुटवल । बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटवल प्रतियोगिताकाे आजकाे खेल आयोजक मदन भण्डारी स्पोर्टस र नेपाल आर्मीका बीच हुदैछ ।खेल दिउसाे ३ बजे शुरु हुनेछ ।
अाइतबार नविन लामाले हयाटिक संगै विभागिय टिम नेपाल एपिएफ क्लव विजयी भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा जारी प्रतियोगितामा रमपम झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ क्लव विजयी भएको हो ।
एपिएफले आफ्नो दोस्रो खेल अब चैत १३ गते रुपन्देहीको सुनौलो संगम क्लव संग खेल्नेछ । एपिएफका लागि नविन लामाले हयाटिक गरे ।
उनले एक गोल पेनाल्टी मार्फत गरेका थिए भने अर्को गोल हेड मार्फत गरेका थिए । खेलको अन्तिम समयमा आर्कषण गोल गर्दै लामाले हयाटिक गरेका हुन । । अर्को गोल रामकुमार कुमालले गरे । झापा ११ का लागि कर्ण लिम्बु र सामिर घिसाङ खानले एक एक गोल गरे ।
आज देखि १९ गते सम्म हुने प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहेको छ । खेल र खेलाडिहरुको प्रोत्साहनका लागि आयोजना गरिएको प्रतियोगितामा पहिलो पटक प्रति खेलाडि ३ लाख रुपैया विमा समेत गरिएको छ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन । प्रतियोगितामा सेमिफाईनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन ।
त्यसैगरी सर्वोउत्कृष्ट खेलाडिल मोटरसाईकल प्राप्त गर्ने आयोजकको भनाई छ । उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मध्यपक्ति खेलाडिले नगद २१-२१ हजार प्राप्त गर्ने आयोजकको भनाई छ ।
१ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको छ ।