डीपीएलको ‘मोस्ट भ्यालुयबल प्लेयर’लाई सुनको जुत्ता - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

डीपीएलको ‘मोस्ट भ्यालुयबल प्लेयर’लाई सुनको जुत्ता



कैलाली ।  कैलालीको धनगढीमा यहि चैत १७ गतेदेखि  सञ्चालन हुने धनगढी प्रिमियर लिगको दोस्रो संस्करण प्रतियोागितामा ‘मोस्ट भ्यालुयबल प्लेयर’लाई सुनको जुत्ता दिइने भएको छ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमीले प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने जानकारी दिएको हो।

आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण शूज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेको छ। गोल्डस्टारले रुस्लान डीपीयललाई प्रायोजन गरेबापत १६ लाख सहयोग गर्ने भएको छ। जसमा ९ लाख नगद र बाँकी अन्य सहयोगको रुपमा रहनेछ।

‘मोस्ट भ्यालुयबल’ खेलाडीको विषयमा प्राविधिक समितिले निर्णय गर्ने छ।