धनगढी प्रिमियर लिग (डिपिएल)को तयारी अन्तिम चरणमा - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

धनगढी प्रिमियर लिग (डिपिएल)को तयारी अन्तिम चरणमा



धनगढी ,कैलाली । कैलालीको धनगढीमा यहि  चैत १७ गतेदेखि  हुन लागेको धनगढी प्रिमियर लिग डिपिएल दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

धनगढी स्थित एसएसपी कार्यकालको मैदानमा  पिच निर्माण भइसकेको छ भने  मैदानमा अन्तिम फिनिसिङ गर्ने काम भइरहेको छ । प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियलका लागी होटेल लगायतको व्यवस्थापन कार्य पुरा भएको आयोजकले जनाएका छन ।

धनगढी प्रिमियर लिग डिपिएल आएसंगै सेती अञ्चल प्रहरी कार्यालयको मैदानले स्वरुप नै फेरेको छ । करीव दुई महिना अगाडी देखि केन्द्रबाट क्युरेटर झिकाएर पिच पनि तयार पारिएको छ भने झण्डै सात हजार वढी दर्शक अटाउने अस्थाइ प्याराफिट वनाउने काम सुरु भएको छ । यतिमात्र होइन अरु ब्यवस्थापकीय काम पनि अन्तिम चरणमा पुगेको धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुवास शाहीले वताउनुभयो ।

प्रतियोगिताका आवास तथा अतिथि वयवस्थापक हर्क वाहोराले प्रतियोगीतामा सहभागी हुने अतिथि, अफिसियल र संचारकमृिका लागी धनगढीका सवै स्तरीय होटेलमा आवास तथा खानपानको व्यवस्था गरीएकोे जानकारी दिनुभयो । आईसीसीको मान्यता पाएपछि डिपिएलको मान्यता पनि पाइसकेको छ । यसका साथै यसपटकको प्रतियोगिता अघिल्लो सस्करण भन्दा केहि फरक हुने धनगढी क्किेट एक्डेमिका अध्यक्ष शाहीले वताउनुभयो ।

प्रतियोगिताका लागि पिच नयाँ बनाइएको छ । अघिल्लो सस्करणमा पिचका कारण खेलाडीको आलोचना खेपेका क्युरेटर अजय पाण्डेले यसपटक भने ब्याट्सम्यानलाई सहयोग हुने पिच बनाएको वताउनुभयो ।

अनुमानित ३ करोड लागत रहेको डीपिएलमा देशका विभिन्न ६ टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । ६ वटै टिमले यसअघि नै अक्सनवाट खेलाडी अनुबन्ध गरीसकेका छन भने विदेशी खेलाडी ल्याउने काम पनि अन्तिम चरणमा पुर्याएका छन । प्रतियोगीताको मिति नजिकिदै जाँदा टिमले प्रशिक्षण सुरु गर्ने तयारी गरेको डिफेन्डिङ च्याम्पियन टिम चौराह धनगढीका टिम मालिक राज कुमार श्रेष्ठ वताउनुहुन्छ ।

प्रत्येक टोलीले ११ जना खेलाडी अक्सनबाट, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था गरिएको छ । देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पाउँनेछन्। यस्तै तेस्रो हुने टोलीलाई तीन र चोथो हुने टोलीलाई २ लाख रुपैयाँ दिइने आयोजकले जनाएको छ। करिब तीन करोडको लागतमा आयोजना हुन लागेको प्रतियोगिताको प्रत्येक खेलको म्यान फ द म्याचले १० हजार तथा म्यान अफ द सीरिजले मोटर साइकल पाइने आयोजकले जनाइसकेकोछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भई राष्ट्रको नाम उचो बनाउन सघाउ पुर्याउने एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ प्रदान गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए। दुबै सम्मानको पुरस्कार राशी समान १—१ लाख रुपैयाँ रहने शाहीले बताए ।