गायक दुर्गेस थापा जापानमा सम्मानित - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गायक दुर्गेस थापा जापानमा सम्मानित



चिरञ्जीवी ढकाल 
बहुचर्चित गायक तथा मोडल दुर्गेश थापा गल्कोट समाज जापान क्षेत्रीय समिती ओशाका कान्साईद्वारा सम्मानित भएका छन ।

यतिबेला सबै नेपालीहरुको मनमुटुमा बस्न सफल बहुचर्चित गायक,मोडल तथा सांगितीक क्षेत्रमा उदाएका एक अब्बल नक्षत्र दुर्गेश थापा आफ्नो सांगितीक यात्राको क्रममा जापानको ओशाका आइपुगेको अबसरमा गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईको आयोजनामा हिजै भब्य स्वागत तथा सम्मान गरिएको छ ।

उक्त सम्मान कार्यक्रम ओशाका स्थित इण्डियन नेपाली रेष्टुरेण्ट मनकामनामा,गल्कोट समाज जापानका केन्द्रिय संरक्षक आत्माराम गैरेको प्रमुख आतित्थ्य, संस्थाका संयोजक सुमित खत्रीको सभापतित्व, संस्थाका सल्लाहकार तथा कार्यक्रम ब्यबस्थापक जगत थापाको स्वागत मन्तब्य र एनआरएन कान्साईका भुतपूर्ब संयोजक टिकाराम कंडेलको बिषेश उपस्थिती तथा संस्थाका सचिब नरबहादुर थापाको सञ्चालनमा कान्साईबासी नेपालीहरुको खचाखच उपस्थितीमा स्थानीय चर्चित कलाकार कुलबीर थापाको पञ्चे बाजाको ताल र दुर्गेश थापाको भब्य सांगितीक प्रस्तुतिले कार्यक्रम भब्यरुपमा सम्पन्न भएको ब्यहोरा संस्था उपाध्यक्ष देबेन्द्र थापाले जनाउनु भएको छ ।