अपाङ्गता तथ्यांक गणकहरुलाई तालिम - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

अपाङ्गता तथ्यांक गणकहरुलाई तालिम



बुटवल । बुटवल उपमहानरपालका र राष्ट्रिय अपाङ्ग महासंघ रुपन्देहीको आयोजानमा पाँच बर्षे अपाङ्गता सम्बन्धी रणनीतिक गुरुयोजनामा निर्माण गर्न पुर्व तयारी स्वरुप गणकहरुलाई तालिम प्रदान गरिको छ ।

विहिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी गणकहरुलाई कसरी तथ्यांक संकलन गर्ने, के कस्तो विषयहरु समेटिन्छन् भन्ने विषयमा तालिम प्रदान गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलमा आयोजना गरिएको तालिममा बुटवल उपमहानगरपालिकाका बारिष्ठ सामाजिक विकास अधिकृत दामोदर ज्ञवाली, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल, क्षेत्रीय कार्यालय बुटवलकी कार्यक्रम संयोजक सावित्रा घिमिरे लगायतले सहजीकरण गरेका थिए ।

यहि असार महिना सम्म बुटवल उपमहानरपालका अपाङ्गमैत्री नगरको रुपमा निर्माण गर्ने हेतुले पहिलो चरणमा तथ्यांक संकलनको कार्य अगाडी बढाइएको हो ।

५ बर्षमा अपाङ्गता भएका व्याक्तीहरुको पक्षमा के कस्तो कार्य गर्ने भन्ने विषय रणनितिक योजनामा समेटिने छ ।