स्याङजामा एसइईको तयारी पुरा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

स्याङजामा एसइईको तयारी पुरा



स्याङजा । चैत्र ८ गतेबाट २० गते सम्म शुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसइई) परिक्षाको तयारी पुरा भएको छ ।

यही चैत्र ८ गतेबाट शुरु हुने परिक्षामा ५ हजार ८ सय ९ जना नियमित तथा २ सय २८ एक्जाम्टेड गरि ६ हजार ३७ जना परिक्षार्थी परिक्षामा सहभागी हुने छन् ।

परिक्षामा सहभागी हुने परिक्षार्थी गत बर्ष भन्दा १ हजार २ सय ९० जनाले कमी हो । परिक्षार्थीमा ५ हजार ७ सय ९ साधारण र एक सय प्राबिधिक बिद्यार्थी रहेको सहायक शिक्षा अधिकारी योगेन्द्र प्रसाद पराजुलीले जानाकारी दिए ।

परिक्षाका लागि ३३ वटा केन्द्र निर्धारण गरिएको पराजुलीले बताए । परिक्षालाई शान्त र मर्यादित ढंगले सम्पन्न गर्नका लागि ३३ केन्द्राध्यक्ष, ३५ सहायक केन्द्राध्यक्ष, २ हजार ९२ निरिक्षक, १ हजार एक सय ४२ सहयोगी र तिन सय ३० जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।

यसैबीच यस वर्ष स्याङजा जिल्लाबाट ७३ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित हुने भएका छन् ।

बञ्चित हुने विद्यार्थीहरु मध्ये ७५ प्रतिशत हाजिरी नपुगेका र अन्य केही विद्यार्थीहरु विभिन्न कारणले विद्यालय छोडेका कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालय स्याङजाले जनाएको छ ।