सूर्याले दिए निर्देशकलाई नयाँ कार उपहार - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सूर्याले दिए निर्देशकलाई नयाँ कार उपहार



एजेन्सी 

तमिल सुपरस्टार सूर्याले आफ्ना निर्देशक विज्ञनेश सिभनलाई नयाँ कार उपहार दिएका छन्। उनले हालै ती निर्देशकसँग बलिउडको हिट फिल्म ‘सपेसल २६’को तमिल रिमेकमा काम गरेका थिए।

फिल्मलाई राम्ररी समापन गरेकोमा निर्देशकको कामबाट प्रभावित भएका सूर्याले कार उपहार दिएका हुन्।

उनीहरूले सँगै काम गरेका निर्देशकलाई कार उपहार दिएको तेस्रो अवसर हो।

यसअघि ‘सीघम ३’को सफलतापछि सो फिल्मका निर्देशक हरिलाई पनि कार उपहार दिएका थिए।  त्यस्तै उनले ‘पसंग २’का  निर्देशकलाई पनि कार उपहार दिएका थिए।