गायक शोभाखरको 'नाई नभन यार' बोलको गीतबाट अभिनयमा डेब्यु गरे निर्देशक मौसम हिमाली (भिडियो सहित) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

गायक शोभाखरको ‘नाई नभन यार’ बोलको गीतबाट अभिनयमा डेब्यु गरे निर्देशक मौसम हिमाली (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतको बजारमा एक पछि अर्को गीतहरू सार्वजनिक भइरहेको बेला केही दिन अगाडि मात्र निकै आशा लाग्दो माया प्रेममा आधारित लोक दोहोरी गीत “ नाई नभन यार ” को छायाङ्कन समापन भएको छ ।

काठमाडौँको निकै ब्यस्थ ठाउँ रत्नपार्क मा छायाङ्कन भएको ” नाई नभन यार ” मा गायक शोभाखेर सङ्गीत र गायिका सम्झना लामिछाने मगरको स्वर रहेको छ भने राजेश नेपाल “बविन” को शब्दमा विश्वास नेपालले सङ्गीत र एरेन्ज भरेका छन् ।

पहिलो पटक यही गीतबाट अभिनयमा डेब्यु गरेका युवा निर्देशक मौसम हिमालीको निर्देशनमा रहेको भिडियोलाई करण चैसिरले खिचेका छन् । यस्तै भिडियोमा निकै सुन्दर मोडल करिश्मा ढकाल, मौसम हिमाली र शोभाखरको अभिनय देख्न सकिन्छ । गीतलाई अर्घादरवार फिल्म्स प्रा.लीले बजारमा ल्याउने तयारी गर्दै छ ।

हिमाल पोस्ट मिडियाले सोही गीतको सुटिङ रिपोट तयार पारेको छ हेरौँ भिडियो सहित ।