फष्ट स्टेप १० अाै वर्षमा, वार्षिकउत्सबमा शैक्षिक मेला र छात्रबृत्ति - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

फष्ट स्टेप १० अाै वर्षमा, वार्षिकउत्सबमा शैक्षिक मेला र छात्रबृत्ति



बुटवल । फष्ट स्टेप एजुकेशनल कन्सन्टेल्सी दशौ वर्ष प्रवेश गरेकाे छ ।

कन्सलटेन्सिले अाफ्नाे १० अाै‌ वार्षिकाेत्सवकाे अवसरमा निशुल्क शैक्षिक मेला गर्ने भएकाे हाे ।वर्षप्रवेशकाे अवसरमा चैत्र ९ र १० गते दुई दिन आम्रपाली कटेजमा शैक्षिक मेला गरिने कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

स्टेपले अष्टे«लिया, अमेरिकामा जान चाहने विद्यार्थीहरुलाई समेत अनुभवी परामर्शदाताहरुबाट परामर्श दिने काम गरेको गरीरहेकाे बताउँदै उनले २००८ मा स्थापना भएकाे बताए ।

यसैगरिमेलामा विभिन्न २० बढि युनिर्भसिटिका ब्यक्तित्वहरुले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई शैक्षिक अध्ययनका विषयमा ज्ञानहरु दिने उनले बताए ।

छात्रबृत्तिकाे लागी प्रतियाेगिता उनले प्लस टु अध्ययन गर्दैै गरेका विद्यार्थीहरु लक्षित गरि आयोजना गरिएको सो छात्रबृत्ती टेष्ट अायाेजना गरीएकाे जानकरी दिए ।

छात्रबृत्तिमा प्रथम हुने एक जनालाई १ लाख बराबरको स्कर्लरसिप प्रदान गरिने बताउँदै उनले दाेस्राे हुनेलाई ५० हजार, तेस्राेलाई २५ हजार लगायत गरी पचासाैँ स्थान सम्म अाउनेलाई पुरस्कारकाे ब्यवस्था गरेकाे जानकारी दिए । ६० मिनेटमा ६० प्रश्नहरु सोधिने र जहाँ अध्ययन गरे पनि याे छात्रबृत्ति लागु हुने बताए।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका रुपन्देही शाखाको कोअर्डिनेटर देव बहादुर कुवँरले विद्यार्थीहरुलाई सहज र सरल तरिकाले परामर्शमा आफुले महत्वपूर्ण सहयोग गर्दै आएको बताए ।

रेका नेपाल सदस्य निशान बाबु कार्कीले रुपन्देही जिल्लाबाट वैदेशिक परार्मश लिन काठमाण्डौ जानुपर्ने बाध्यतालाई हटाउन आफुहरु सफल रहेका बताए ।

१ सय ५० बढि शैक्षिक संस्थाहरुमा २५ बढि कोर्षहरुमा दशौ वर्षको अनुभवि परामर्शदाताहरुले परामर्श दिदै आएको छन । देशका प्रमुख शहरहरुमा को–एजेन्सीहरुमार्फत स्टेपले परार्मश दिदै आएको छ ।