नेप्से ओरालो गति रोकिएन ! - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नेप्से ओरालो गति रोकिएन !



नेप्से आज बिहिबार पनि घट्दो क्रममा देखिएको छ । आज मध्यान्ह १२ बजेसम्म नेप्से शुन्य दसमलव २९ अंकले घटेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य पाँच अंकले घटेको छ ।

यसबिचमा ६२ वटा कम्पनीहरुको दुुई सय ६६ वटा कारोवारमा ४९ हजार चार सय ६२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई करोड ४७ लाख ३६ हजार आठ सय ४५ रुपैयाँ पुुगेको छ ।

मध्यान्हसम्म नौ वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक, होटल बिकास बैंक, जलबिद्युुत, उत्पादनमुलुक र लघुबित्त समुहको सुचक घटेका छन् भने फाईनान्स, बीमा र अन्य समुहको सुचक बढेकाछन ।

यसबिचमा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मुल्य चार रुपैयाँ नौ पैसाले बढेर पाँच सय ८४ रुपैयाँमा सेयर कारोवार भएको छ भने सुुर्योदय लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य तीन रुपैयाँ ७८ पैसाले घटेर १२ सय तीन रुपैयाँमा सेयर कारोवार भएको छ ।

यसबिचमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरतर्फ भने पाँच सय ८१ रुपैयाँ अन्तिम मुल्यमा ५८ लाख १० हजार रुपैयाँको सेयर कारोवार भएको छ । banking khabar