तिलोत्तमा गोल्डकपमा १० टिम - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

तिलोत्तमा गोल्डकपमा १० टिम



आचार्य प्रदीप
बुटवल । २०औं संस्करणको तिलोत्तमा गोल्डकपमा तीन विभागीय टीमसहित १० टिमले सहभागिता जनाउने भएका छन्।

फागुन २४ देखी बुटवलको फिफा टेक्निकल सेन्टरमा सुरु हुने गोल्डकपमा त्रिभुवन आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरी बलको एपीएफ, मनाङ मर्स्याङ्दी, रुपन्देही, झापासहित १० टिमले नाम दर्ता गराएको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष अध्यक्ष दीर्घ बहादुर केसीले बताए।

प्रतियोगिताको तयारीका अधिकांश काम सकिएको र आजदेखि प्याराफिट मिलाइने उनले बताए। चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ७ लाख ७७ हजार ७ सय ७७ र उपविजेताले नगद ४ लाख ४४ हजार ४ सय ४४ पाउने छन्।

सर्वोकृष्ट एक जना खेलाडीलाई एक थान मोटरसाइकल र उत्कृष्ट विधाका ५ जना खेलाडीहरुलाई २१ हजार १११ का दरले नगद पुरस्कार दिइने छ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा विसं २०३३ सालदेखि रुपन्देहीमा संचालन हुँदै आएको यो प्रतियोगिताको गत वर्ष भएको उन्नाइसौ संस्करणको उपाधि सिएमजी संकटाले जितेको थियो।