गायिका जुनु गौतमको 'अर्को जन्म होला नहोला' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

गायिका जुनु गौतमको 'अर्को जन्म होला नहोला' बजारमा (भिडियो सहित)



लामो समयदेखि संगीत क्षेत्रमा लागेकी गायिका जुनु गौतम आफ्नो एल्बम ‘अर्को जन्म होला नहोला’ लिएर बजारमा आउदैछिन ।नेपाली मन नेपाली पन भए पनि आफ्नो कर्मथलो भारतमा भएको कारणले आफ्नो गायन प्रतिभाबाट टाडा हुनु परेको तितो अनुभव सुनाउछिन गौतम ।

जुनुको गायन रहेको चलचित्र जिवन काडा कि फुल ? हाल पोस्ट प्रोड्क्सनमा रहेको छ । त्यस्तै जुनु गौतमले आफ्नो एल्बमको ‘तिम्रो जितमा रमाउछु’ बोलको गीतको रेकडिंग भिडियो म्युजिक हाईलाईटको युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन ।

जुन गीतमा गितकार गोबिन्द हुमागाईको शब्द, कर्मा ग्याल्चेन बम्जनको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । एउटा सुरिलो आवाजकी धनी जुनु गौतमको आगमनले पक्कै नेपाली साङितिक फाटना महिला गायिका को कमि लाइ पुरा गर्ने बिश्वास गर्न सकिन्छ । जुनु गौतमको एल्बम ‘अर्को जन्म होला नहोला’ लाई म्युजिक हाइलाईटले बजार ब्यबस्थापन गरेको छ ।

https://youtu.be/I4eehJBsWP0