विश्वकप छनोटका लागि नेपाली टोलिको घोषणा, को को परे टिममा ? नाम सहित ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

विश्वकप छनोटका लागि नेपाली टोलिको घोषणा, को को परे टिममा ? नाम सहित !



काठमाडौं । यही मार्च ४ तारिखदेखि जिम्बावेमा हुने विश्वकप छनौट क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

छनोट समितिमा आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले टिमको घोषणा गरेका हुन् ।

१५ सदस्यीय टिमको कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल र ललितनारायण राजवंशी रहेका छन् ।

त्यसैगरी सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारी रिजर्भ खेलाडीमा घोषित भएका छन् ।नामिबियामा भएको डिभिजन २ क्रिकेटमा नेपाल उपविजेता बन्दै विश्वकपका लागि छानिएको हो ।फाइल तस्बिर :-