गितकार सन्तोष के.सीको स्वरमा परदेशीको पिडा समेटिएको दशैं तिहार कोसेली बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

गितकार सन्तोष के.सीको स्वरमा परदेशीको पिडा समेटिएको दशैं तिहार कोसेली बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे
नेपालहरुको महान पर्व वडा दशैं तथा दिपावली नजिकिदै गर्दा सांगीतिक बजारमा दशैं सम्बन्धि गितहरु अाउने क्रममा गितकार तथा कलाकार सन्तोष के.सी को “ए परदेशी फर्कि अाउ घर” बोल को दशै कोशेली सार्वजनिक गरेका छन ।

देशमा वढ्दो बेरोजगारी सगै पैसा कमाउन परदेश गएका नेपालीहरुलाई महान पर्व वडादसै मनाउन श्रीमतीले आउन आग्रह गर्दा पनि साहुको ऋण तिर्नको लागी यस वर्ष पनि दसैमा आउन नपाएका कथा बस्तु गितमा समाबेश गरिएको छ । तिलकराम अधिकारीको उत्कृष्ट शब्द तथा सन्तोष के.सीको लय, स्वरमा रहेको यस गितमा के.सीलाई चर्चित गायिका बिष्णु माझीले साथ दिएकी छन ।14429360_1415428071807842_1651749250_n

चर्चित निर्देशक शंकर बि.सीको निर्देशनमा तयार गरिएको यस गतिको भिडियोमा चर्चित मोडल तथा सर्जक बाबुराम बोहोरा र रञ्जिता गुरुङको अभिनय देख्न सकिन्छ । गीत एस.एस डिजिटलमार्फत तिलकराम अधिकारीको प्रस्तुतिमा बजारमा आएको छ ।