सेती भिजन एकेडेमीको ९ औं वार्षिक उत्सव सम्पन्न - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सेती भिजन एकेडेमीको ९ औं वार्षिक उत्सव सम्पन्न



उमेश थापा

बौनिया ,कैलाली ।। कैलालीको लम्कि चुहा १० गप्कामा रहेको सेती भिजन एकेडेमीको ९ औं बार्षिक उत्सव आज सम्पन्न भएको छ।

विद्यालयका अध्यक्ष नृप खड्काको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लम्किचुहा नगर प्रमुख महादेव बजगाई रहनु भएको थियो। त्यस्तै विशिष्ट अतिथिमा लम्की बहुमुखी क्याम्पसका प्रमुख सरोज कुमार शाह रहनुभएको कार्यक्रममा पुर्ब शिक्षक टिकापुर क्याम्पसका प्राध्यापक कृष्ण प्रसाद जैशी , लम्की चुहा ८ का वडा अध्यक्ष पुर्ण बिस्ट , १० का वडा अध्यक्ष हर्क कठरिया लगाएतकाले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

पत्रकारिता क्षेत्रमा लामो समयदेखि बिकाशका मुद्दामा र समाज परिबर्तनका लागि निरन्तर कलम चलाएको भन्दै बौनिया कोसेली एफ एमका स्टेसन म्यानेजर लिला जंग शाही, लागाएत ७ जना भन्दा बढीलाई सम्मान गरिएको छ। साथै रास्ट्रिय तथा स्थानीय  कलाकार र बिधार्थिले समेत प्रस्तुति राखेका थिए । बिधालय प्रधानाध्यापक जनक बिस्टको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम जैशिले गर्नुभएको थियो।