मिलन लामाको शव्दमा तृप्ति खड्का गुरुङको 'माया नै माया छ'(भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

मिलन लामाको शव्दमा तृप्ति खड्का गुरुङको ‘माया नै माया छ'(भिडियो सहित)



लोकप्रिय गायक गायिका द्वय मिलन लामा र तृप्ति खड्का गुरुङको ‘माया नै माया छ’ बोलको गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ ।

बिगत आधा दशक देखि हिट तथा चर्चित गितहरु गाएर नेपाली  सांगीतिक बजारमा चर्चा बटुल्न सफल गायिका तृप्ति खड्का गुरुङ र अर्का सुमधुर आवाजको धनि गायक मिलन लामाको स्वर रहेको यस गीतले पनि चर्चा बटुल्ने क्रममा छ ।

गायक मिलन लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका हुन ।

चितवनको रमणीयस्थानहरुमा छायांकन गरिएको यस भिडियोलाई रबिन्द्र बरालले छायांकन गरेका हुन ।  मोडल बिजय गुरुङ, बिष्णु चेमजोङ तथा गायक मिलन लामाकोअभिनय रहेको यस म्युजिक भिडियोलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजारमा लिएर आएको छ ।