'आई सम्झाई देउ' भन्छन स्वरुप राज (भिडियो सहित) - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

'आई सम्झाई देउ' भन्छन स्वरुप राज (भिडियो सहित)



नेपाली गीत संगीतका पारखिहरुका लागि चर्चित गायक स्वरुप राज आचार्य को सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘अाई सम्झाइदेउ ’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा झरना र जयको जोडदार अभिनय देख्न पाइन्छ । राजेन्द्र सलभको निकै उत्कृष्ट मन छुने शब्द रहेको उक्त गीतमा संगीत राजिव शाहिको रहेको छ ।जिवन शाहिको निर्देशन रहेको उक्त भिडियो को सम्पादन अर्जुन पोख्रेल ले गरेका छन् ।

जीवनमा प्रेम को आबस्यक र प्रेम भए पछि यो मुटुलाई तिमीले नै सम्झाउनु पर्छ तिमी बिना मलाई बाच्न गारो छ भन्ने कथा बस्तुलाई जय र झरनाको को माध्यम बाट भिडियोमा उतार्न सफल भएका छन् निर्देशक शाहि ।उक्त भिडियोलाई PNP मिडिया हाउसले बजारमा ल्याएको हो ।