शिव परियार भन्छन जसलाई मनापराउथे ,उ त अरुकै भइछ(भिडियो सहित) - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

शिव परियार भन्छन जसलाई मनापराउथे ,उ त अरुकै भइछ(भिडियो सहित)



समिर प्रकाश पाण्डे
गायक शिव परियारको आवाज रहेको एल्बम सायद-२मा समावेश ” जस्लाई मैले ” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम वियोगलाई मुख्य विषय बस्तु बनाएको गीतले जीवनमा हुने धेरै किसिमका धोकालाई पर्दामा देखाएको छ ।

टुरिष्ट जङ्ग वि.कको मार्मिक शब्दमा उनले भनेका छन्-:जस्लाई मैले मन पराउथे,उ त अरूकै भईछ , साचो माया गर्नु पनि,सम्झी सम्झी रुनु रैछ ,सायद मैले भन्न ढिलो गरे, उनको नजिक बन्न दिलो गरे ।।
लगायतका शब्दले आधुनिक समयमा बढ्दै गएको युवाहरूको अस्वभाविक व्यवहार माथि कडा प्रहार गरेको छ । आम युवापुस्ताहरुको कथालाई भिडियोमा उतारिए पछि गीत अत्यन्तै मार्मिक र तार्किक लाग्छ ।

गीतमा भद्र बलिको सङ्गीत रहेको छ भने मोडल विक्रम बुढाथोकी ,कृष्टिना थापा साथमा सञ्जयको दमदार अभिनय रहेको छ। वसन र निकिता को संयुक्त प्रसतुतीमा बजार आएको यस गीतलाई क्रान्ति के.सी को निर्देशन तथा सम्पादनमा भिडियो तयार गरिएको छ ।