उद्घाटन खेलमा च्यासल युथ क्लबलाई हराउँदै आयोजक सुदुरपश्चिम् ११ सेमिफाईनलमा प्रवेश - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

उद्घाटन खेलमा च्यासल युथ क्लबलाई हराउँदै आयोजक सुदुरपश्चिम् ११ सेमिफाईनलमा प्रवेश



कैलाली ।। आयोजक सुदुरपश्चिम ११ धनगढीमा सुरु सर्वा्धिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा ललितपुरको ए डिभिजन क्लब  च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै घरेलु टोली अन्तिम चारमा पुगेको हो ।

धनगढी रंगशालामा बाई पाएर क्वाटरफाईनलमा पुगेका दुई टोलीबिचको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको हो । पेनाल्टीमा सुदुरपश्चिम ११ का गोलरक्षक जीवन भट्टराईले च्यासलका खेलाडी सुमन लामाको प्रहार रोक्दै घरेलु टोलीलाई सेमिफाईनलमा पुर्राए । पहिलो रोजाईका गोलरक्षक अमानत शेख घाईते भएपछि मैदान उत्रिएका गोल रक्षक भट्टराईले खेल अवधिभर उत्कृष्ट बचाउ समेत गरेका थिए । म्यान अफ द म्याच बनेका उनले नगद १० हजार समेत हात पारे ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ६६ औ मिनेटमा च्यासलका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसअघि पहिलो हाफमा सेगुनले पाएको पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न सकेनन् ।
च्यासलले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेनन् । आयोजकविरुद्ध च्यासलको अग्रता १५ मिनेट मात्रै टिक्यो । खेलको ८५  औँ मिनेटमा सुदुरपश्चिमका विनोद केसीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल १–१ को बराबरीमा सकिएको थियो ।

यसअघि प्रतियोगीताको उद्धघाटन प्रमुख अतिथी प्रधानमन्त्री पत्नी पुवं सासंद आरजु राणा देउवाले गरेको थिइन् । यस्तै खेल पुर्व धनगढी बजारमा ¥याली पनि निकालीएको थियो । प्रतियोगितामा नेपालको ११  र भुटानको एक गरी १२ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १११, उपबिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ ।