मोडल दिक्पाल कार्की 'लाहुरेको छोरी' प्रमिलाको पछि लागेपछि.. (हेर्नुहोस् भिडियो) - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मोडल दिक्पाल कार्की 'लाहुरेको छोरी' प्रमिलाको पछि लागेपछि.. (हेर्नुहोस् भिडियो)



बैसाख, २४ काठमाडौं
गायिका प्रमिला तामाङको स्वरमा रहेको “लाहुरेकी छोरी” को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । टिका भक्त जिरेलको शब्द रहेको गीतमा नारायण लामाको संगीत सुन्न सकिन्छ । गीतमा गायिका प्रमिला आफैले मोडलिङ गरेकी छिन् भने उनलाई नायक तथा मोडल दिक्पाल कार्कीले साथ दिएका छन् ।

भिडियोमा दिक्पाल प्रमिलालाई आफ्नो बनाउने दाऊमा हुन्छन् तर प्रमिलले उनलाई वास्तै गर्दिनन् । क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । युट्युबमा रिलिज गरिएको भएको छोटो समयमा नै “लाहुरेकी छोरी” लाई हेर्नेको संख्या साढे ४ लाख पुगिसकेको छ । युट्युबमा “लाहुरेकी छोरी” लाई दर्शक, स्रोताहरुले अत्याधिक मनपराएपछि गायिका प्रमिला चाँडै अर्को गीत पनि बजारमा ल्याउने तयारीमा छिन् ।