"रैछौ चिटिक्कै" लोक दोहोरी गीत बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

"रैछौ चिटिक्कै" लोक दोहोरी गीत बजारमा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र २१ 

पछिल्लो समय नयाँ नयाँ लोक दोहोरी गीतहरू दैनिक जसो बजारमा आइरहेका बेला केही समय विदेश बसेर नेपाल फर्किएका लोक गायक विनोद लोहनी पनि मिसिन आईपुगेका हुन गीत रैछौ चिटिक्कै लिएर ।

महेन्द्र विश्वकर्माको शब्द संयोजन रहेको उक्त गीतलाई सङ्गीतकार श्रीकृष्ण बम मल्लले सुमधुर सङ्गीत दिएका छन् । विनोद लोहनी को साथमा ज्योति लोहनी को स्वर रहेको “रैछौ चिटीक्कै” आर एस डिजिटल मार्फत बजारमा आएको छ ।

विनोद लोहनी कै निर्देशनमा तयार भएको उक्त गीतको भिडियो शिव पङ्गेनीले खिचेका हुन र अनिल कुमार महर्जनको सम्पादन रहेको छ भिडियो मा सुमित लामा(नारायणी कला मन्दिर चितवन)को नृत्य संयोजन साथै विनोद लोहनी स्वयम्, नायिका मन्जिता केसी र अन्य कलाकार मामबिशाल र पूजाको अभिनय रहेको छ ।