‘रुपै मोहनी’(भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

‘रुपै मोहनी’(भिडियो सहित)



काठमाडौँ – महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानी औपचारिक कार्यक्रमगरी गीत सार्वजनिक गरिएको हो ।

टंक वुढाथोकीले तयार पारेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । मिना निरौला र टंक वुढाथोकीको आवाज रहेको गीतमा लोकराज अधिकारीको शब्द छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरी पौड्याल, बसुन्धरा भुसाल लगायतलाई फिचर गरिएको छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरूको मुख्य भूमिका छन् । चलचित्रले चैत्र ९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।