चलचित्र ‘मन त परदेशी’ पुस १४ गते देखि देशभर प्रदर्शनमा आउँदै (फोटोफिचर) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

चलचित्र ‘मन त परदेशी’ पुस १४ गते देखि देशभर प्रदर्शनमा आउँदै (फोटोफिचर)



काठमाडौं  ।। दुर्गा बहादुर खड्काको निर्माणमा बनेको बहुप्रतिक्षित चलचित्र ‘मन त परदेशी’ पौष १४ गते देशभर प्रदर्शनमा आउँदै छ । सो दिन यस चलचित्र संग ‘हेप्पी न्यु ईयर’ र ‘आरोप’ नामक दुई चलचित्र समेत प्रदर्शन हुँदैछ । सुरुवाती समय देखि चर्चा बटुलेको यस चलचित्रका गितहरु समेत हिट भएका कारण पनि चर्चा चुलिएको हो । सुदुरपश्चिम र मध्य पश्चिमको धेरै रमणीय स्थलहरुमा छायांकन गरिएको चलचित्र ‘मन त परदेशी’ कतारमा समेत छायांकन गरिएको छ ।

नेपाली समाजमा समाजबाट होस वा परिवारबाट पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने मान्यता बोक्दै मन नै नेपालमा नभएर परदेशमा पुर्याउने तथा वैदेशिक रोजगारीको लागि प्रेरित गर्ने परिपेक्षलाई कमेडी, एक्सन र लभस्टोरीमा प्रस्तुत गरिएको चलचित्रका निर्देशक देव नेपालले बताउनुभयो ।

चलचित्रका निर्माता दुर्गा बहादुर खड्का विगत १२ बर्ष देखि कतार बस्दै आउनु भएको छ । चलचित्रमा कमेडी, लभस्टोरी तथा एक्सन सबै समेटिएकाले चलचित्र हेरेर बोर मान्नु नपर्ने चलचित्र बनाएको निर्माता खड्काले बताउनुभयो । चलचित्रको लेखन पनि निर्देशक नेपालकै हो । चलचित्रमा निर्देशक नेपाललाई समेत देख्न पाइने छ । चलचित्रमा देपेश राज र समिता गिरिले मुख्य अभिनय गरेका छन ।
चलचित्रमा मुख्य सहायक निर्देशन दिपेशराज पाण्डेले गरेका हुनभने सहायक निर्देशन राम बुढाथोकी र किशोर खतिवडाको रहेको छ ।
चलचित्रको सह- निर्माता भुवन शर्मा कंडेल र यशोदा शाही हुनुहुन्छ ।

त्यस्तै, चलचित्रमा भारतीय गायिका अल्का याग्निकको समेत स्वर सुन्न पाईने छ । गित शंकर अधिकारी “घायल” तथा भुवन शर्मा कंडेलको रहेको छ भने संगित राजेश श्रेष्ठ र पुष्कर सुनुवारको रहेको छ । त्यस्तै द्वन्द निर्देशक राजु किराँतको रहेको छ भने नृत्य दिवस श्रेष्ठ र सन्ध्या पौडेलको रहेको छ । चलचित्रलाई छायांकन मरुभूमि नारायणले गरेका हुन । देशभरमा भने पौष १४ मै ‘हेप्पी न्यु ईयर’ र ‘मन त परदेशी’ सँगै ‘आरोप’ नामक अर्को फिल्मपनि प्रदर्शनमा आउँदैछ ।