यस पालि त बिहे गर्ने हो सार्बजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

यस पालि त बिहे गर्ने हो सार्बजनिक (भिडियो सहित)



नेपाली गीत सङ्गीतमा पछिल्लो पटक दर्शक श्रोता माझमा क्रमबद्ध रूपमा एक पछि अर्को गीत गर्दै सफल हुँदै आएका कुशल गायक हुन् बल बहादुर राजबंशी ।

गायक बल बहादुरले यो भन्दा पहिला धेरै गीतहरू दर्शकमाझ राखेता पनि “तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने’ गीतबाट चर्चा पाएका हुन् भने यिनले राजबंशी भाषाको ४ ओटा एल्बम पनि सार्वजनिक गर्न सफल भएका छन् ।

यसै गरी गीत सङ्गीत लाई ध्यानमा राख्दै गायक राजबंशीले नयाँ “यस पालि त बिहे गर्ने हो” भन्ने सार्वजनिक गरेका छन् ।

यसै गरी यो गीतको म्युजिक भिडियो पनि तयार भएको छ । म्युजिक भिडियोको पर्दामा चर्चित अनि मोडल अलिशा राईको साथमा भीमफेदी गाईजको अभिनय देख्न सकिने छ । ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको यो भिडियोमा भीमफेदी गाईज निर्मल लामा (बिजिको) को निर्देशन सँगै द मनिटेजको सम्पादन रहेको छ ।