बजारमा हंगामा पिट्दै प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा...'(भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

बजारमा हंगामा पिट्दै प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा…'(भिडियो सहित)



काठमाडौँ । नेपाली आधुनिक गीतका  लोकप्रिय युवा गायक प्रमोद खरेलको नयाँ गीत ‘दन्तैमा…’ सार्वजनिक भएको छ । यो नयाँ गीत गायक खरेलको आफ्नै अफिसियल युट्युब च्यानल ‘सिङ्गर प्रमोद खरेल’बाट बजारमा ल्याएका छन्  ।

उक्त गीतको  कम्पोजर शङ्कर स्माइल हुन् भने गीतको रचना डिपी खनालले गरेका छन् । दीक्षा क्रियसनको प्रस्तुति रहेको यो गीतमा सुनिल क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको जीवन्त एवम् आकर्षक अभिनय रहेको छ । अभिनयका साथै नेपाली ठिटोजले यस गीत–अभिनयमा कोरियोग्राफी पनि गरेको छ भने यसलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन  ।

‘झुम्कावली’, ‘लाई देऊ न मायाले’ भन्दा फरक प्याटर्नमा रहेको भनिएको यो गीत डान्सिङ बिटमा आधारित रहेको छ जसले श्रोताहरूलाई झुम्न विवश पार्नेछ । काठमाडौँको सुन्धारा र सातदोबाटोस्थित एन्फा कमप्लेक्समा छायाङ्कन गरिएको यस गीतमा डान्स गर्दै दर्शक श्रोता मज्जाले रमाउन सक्ने खरेल  बताउँछन् ।