फरक सैलीमा रोईला गीत 'बेसार मसला'(भिडियो सहित) - Himal Post Himal Post
  • ४ कार्तिक २०८१, आईतवार
  •      Sun Oct 20 2024
Logo

फरक सैलीमा रोईला गीत ‘बेसार मसला'(भिडियो सहित)



बजारमा नयाँ नयाँ  गीत बजारमा आउने क्रम जारि नै छ सोहि क्रममा सतिस अधिकारीको   रमाइलो रोइला गीत बेसार मसला बजारमा आएको छ  । सम्झना लामिछाने र तेजश रेग्मीको आवाज रहेको सो गीतको म्युजिक भिडियोमा नयाँ पन दिन  खोजिएको छ  ।

फुर्ति मात्र लागाउने एउटा अल्लारे केटा र होटलकी साहुनी बिचको रमाइलो सम्वाद गीतले उठाएको छ । गीतका उत्कृष्ट शब्द भने सतिश अधिकरीले लेखेका छन् भने लय सिर्जना तेजश रेग्मीलेनै गरेका हुन् ।

गीतमा आशिष् प्रताप,यादव देवकोटा र सम्झना लामिछानेले निकै राम्रो अभिनय गरेका छन् । गीतलाई एस थ्रि के इन्टडेण्डमेन्डले बजार व्यवस्थापन गरेको छ ।उक्त गीतको निर्देशन भने सरोज रोशन भट्टराईले गरेका हुन् ।