सिर्जु अधिकारीले ल्याईन प्यार प्यार (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सिर्जु अधिकारीले ल्याईन प्यार प्यार (भिडियो सहित)



नेपाली लोक तथा दोहोरी गीत तर्फ गायन र मोडलिंग क्षेत्रबाट ख्याती कमाउदै सर्वप्रिय बन्दै आएकी मोडल एवं गायिका सिर्जु अधिकारीको पछिल्लो साङ्गीतिक कोसेली “प्यार प्यार” बोलको गीत भर्खरै बजारमा आएको छ ।

नेपाली गीत सङ्गीतको क्षेत्र दिन प्रतिदिन धरासाही बन्दै गैरहेको अहिलेको अवस्थामा विशेष गरी स्टेज कार्यक्रमबाट आफ्नो पहिचान स्थापित गर्न सफल सिर्जुले यस अघि  पनि धेरै गीत संगीतहरु बजारमा ल्याइसकेकी छिन् । देश तथा विदेशका धेरै कार्यक्रममा सहभागिता जनाइसकेकी उनको पछिल्लो पटक बजारमा आएको यस गीतलाई पनि सबै श्रोता तथा दर्शकहरूले मन पराइदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेकी छिन् ।

। प्रस्तुत गीतमा गायिका सिर्जुलाई अहिलेका बहुचर्चित गायक रामजी खांडले स्वरमा साथ दिएका छन् । आशिष् म्युजिक म्युजिक प्रालि मार्फत डिजिटल बजारमा आएको यस गीतलाई लय गायक स्वयम् राम्जी खांडले भरेका हुन् भने शब्द नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सर्जक घनश्याम रिजालले गरेका छन् ।

राम्जी खांड र सिर्जु अधिकारी द्वारा अभिनित “प्यार प्यार” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायाङ्कन दुर्गा पौडेल र सम्पादन नवीन घर्ति मगरले गरेका छन् ।