तरकालीवाली अभिनित ‘लम्फू’ वैशाख २८ मा आउने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

तरकालीवाली अभिनित ‘लम्फू’ वैशाख २८ मा आउने



काठमाडौं ।। गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ वैशाख २८ गते रिलिज हुने घोषणा गरिएको छ। फिल्मबाट कविर खड्काको डेब्यू हुनेछ।

फिल्ममा कबिरका अलावा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । ‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा गौण हुनेछ । फिल्मले समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने कुरा देखाउने निर्देशक लामिछानेले बताएका छन् ।

फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा अर्जुन पोखरेलको संगीत रहेको छ।