शिरफूलको पहिलो गीत ''शिरैमाथि शिरफूल''सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

शिरफूलको पहिलो गीत ”शिरैमाथि शिरफूल”सार्वजनिक(भिडियो सहित)



हिमाल पोस्ट /१३ मंसिर 
निर्माणको सम्पूर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफूलको शीर्षगीत ”शिरैमाथि शिरफूल”लाई सार्वजनिक गरिएको छ । नायिका मरिष्का पोखरेलको अभिनय रहेको उक्त गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा सङ्गीत देवराज आलेमगरले गरेका छन् ।

मगरस क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफूलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल एक्चै मगरले गरेका छन् । चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक गरिने र विश्वका विभिन्न देशहरूमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफूलले स्वदेशको प्रदर्शनको लागि मिति भने छिट्टै प्रत्रकार सम्मेलन गरी जानकारी दिने निर्देशक मगरले जानकारी दिए ।

बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु, विशेषगरी नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रूपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण गरिएको चलचित्र शिरफुल नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरूले मन पराउने विश्वास निर्माताले लिएका छन् ।