केपी र प्रचण्डले झैँ गफ लगाएर हुदैन तीज गीत (भिडीयो सहित) - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

केपी र प्रचण्डले झैँ गफ लगाएर हुदैन तीज गीत (भिडीयो सहित)



अर्जुन खनाल/बुटवल

तीज नजिकिदै गर्दा  विभिन्न खालका तीजगित बजारमा सार्वजनिक हुने क्रम चलिरहेको छ । यसै क्रममा   सासु बुहारीको झगडामा राजनीति र देशको परिस्थिती मिलाएर बनेको नयाँ तीज गीतको भिडियो युनिक मुभिजले युटुब मार्फत ‘घरकी लक्ष्मी ’ एल्बम  सार्वजनिक गरेको  छ ।

13901438_625316027646016_2740734609233533974_nरासायन शास्त्र प्राध्यापक एवंम  युवा गायक योगराज पोखरेलको लय एवंम सुमित्रा पोख्रेलको संयुक्त शिर्जनामा  नेपाली राजनीतिक दलहरुलाइ गतिलो झापड पनि हानेका छन् ।  गफमात्र हुने तर काम नहुने प्रबृतिलाइ उनले तीजको गीतमार्फत ब्यङ्ग्य हानेका हुन ।

गायक योगराज पोखरेलले नेपाली राजनीतिको फोहोरी खेलले नेपालीहरु मर्कामा परेको, देश बिकास हुन नसकेको ,सासु बुहारीको कल झगडा गीतमा समेटिएको हामीलाई जानाकारी समेत गराए  ।उक्त गीतको भिडियोमा  गोबीन्द, बिनोद, सरु, सीता र बाबुरामले अभीनय गरेका छन भने निर्देशन बिजय पोख्रेले गरेका  हुन  ।

गीतमा प्रधानमन्त्री तथा एमाओवादी  केन्द्र अध्यक्ष  प्रचण्ड र पुर्व प्रधानमन्त्री एवंम्  एमालेका अध्यक्ष केपि ओलीको भाषणलाइ पनि जस्ताको तस्तै राखिएको छ ।