नेपालमै जागिर गरि बिहे गर्न खोज्दै गायक लम्साल ,आर्मीमा जागिर खाएको केटो खोज्दै सिर्जना - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

नेपालमै जागिर गरि बिहे गर्न खोज्दै गायक लम्साल ,आर्मीमा जागिर खाएको केटो खोज्दै सिर्जना



तिज  नजिकदै गर्दा  तीजका भाकाहरु बजारमा आउने क्रम तीब्र नै छ । बजारमा हरिया चुरा र रातो साडी लगाएका महिलाई देखेपछी लाग्छ पक्कै तीज आएको हो भनेर । अर्घाखाँचीको पालीमा जन्म थलो भएपनी अहिले बुटवललाई कर्मथलो बनाएर गीत संगीतलाई माया गरि वसन्त लम्सालले संयुक्त रुपम सृजना पोख्रेल संग तीज कोसेली “बिदेश तिर जान्न “बाजारमा ल्याएका छन ।

दर्जनौ गीतमा स्वार दिएका लम्सालको यो दोस्रो तिज  कोसेली हो ।हिजो आजको नेपाली परिवेश हेर्ने हो भने धन कमाउनकै निम्ति कैयौ नेपाली बिदेश गएका छन तर उक्त गीतमा बिदेश जानू हुदैन आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सन्देश दिन खोजेको लम्साल बताउछन।

अर्घादरबार फिल्मस प्रालिले बाजारमा ल्याएको सोही गीतमा शब्द आदेश थापा,लय बसन्त लम्साल ,स्वर बसन्त लम्साल र सृजना पोख्रेलको रहेको छ। उक्त गीतमा अभिनय भने ई देवेन्द्र, मोना र दानवीरले गरेका छन ।