पुस्कल र देवीले सेल्फी हान्दा .......(भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पुस्कल र देवीले सेल्फी हान्दा …….(भिडियो सहित)



हिजो आज मान्छेहरु  सेल्फी भनेपछि मरिहत्ते  गर्छन चाहे कुनै रेस्टुरेन्टमा चिया पिउदै होस या  चाहे घुमघाम होस् अझै कुनै  सेलिब्रेटी भेटिनु  हुदैन मुख बिगार्दै सेल्फी खिच्छन। हो यस्तै कहानी यसपालिको तीजमा पुष्कल शर्मालाई पनि परेको छ ।मन्दिर म्यूजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र जुना बस्यालको तीज कोशेली “सेल्फी हानेको अबस्था”बजारमा आएको छ ।

बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ति र अर्का बहुचर्चित गायक पुष्कल शर्माको सुमधुर आवाजमा बजारमा आएको यसपालिको तीजको कोशेलीमा लय तथा शब्द भने पुष्कल शर्माकै रहेको छ ।पुष्कल शर्मा,अन्जली र साथीहरुको अभिनयमा तयार भएको भिडियोको निर्देशन भने गुरुआमा (स्मृति तिमिल्सिना)ले गर्नुभएको छ ।सुरेश श्रेष्ठको छायांकनमा तयार भएको भिडियो पुष्कल शर्माकै युटुब च्यानलमा सार्बजनिक भएको छ ।